चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श, वक्ताका रुपमा कार्यकारी निर्देशक गुरु पौडेल सहभागी हुने


काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सहभागी हुने भएका छन् । छलफलको पहिलो सत्रको वक्ताका रुपमा पौडेल सहभागी हुने भएका हुन् । छलफलको पहिलो सत्रको कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल शिर्षकमा हुने छलफलको वक्ताका रुपमा उनी सहभागि हुने भएका हुन् ।

नेपाल राष्ट्र बैंकमा २१ वर्षभन्दा बढीको अनुभव भएका पौडेल सन् २००२ मा सहायक निर्देशक पदमा प्रवेश गरेका थिए । २१ वर्षको अवधिमा नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा कार्यरत रहेर हाल बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकका रुपमा रहेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा एमफिल र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । आफ्नो अनुभव र ज्ञान बढाउनका लागि उनले अन्तर्राष्ट्रिय स्तरमा धेरै तालिम र सेमिनारमा भाग लिएका छन् ।

बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुनेछ । डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तारः बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपनः योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्। डिस्कोर्शको पावर्ड वाइमा नबिल बैंक रहेको छ भने इभेन्ट पार्टनरमा इसेवा छ। डिस्कोर्शको टेक्नोलोजी पार्टनरमा न्यूरोजिन, नलेज पार्टनरमा काठमाडौं फिनटेक र एआई पार्टनरमा स्प्रिङ एआई रहेको छ।