काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शको ‘इभेन्ट पार्टनर’ मा इसेवा आबद्ध हुने भएको छ। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्युजको आयोजनामा यही जेठ २७ गते हुनेछ। सुरुवाती चरणदेखि नै बैंकिङ्ग डिस्कोर्श सहभागी बन्दै आएको इसेवा यस वर्षको डिस्कोर्शमा पनि सहभागी हुने भएको छ।
नेपालकै सबैभन्दा पहिलो डिजिटल वालेट कम्पनीको रूपमा इसेवा सञ्चालनमा आएको हो। नेपाल कै पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शमा आबद्ध हुने भएको छ।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। डिस्कोर्शमा चार वटा सत्रगत विशेष छलफल हुनेछ।
डिस्कोर्शमा विशेषगरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्य: एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपन: योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।






About Us
प्रतिक्रिया