महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो। संस्थाले सो शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको छ।

यसअघि संस्थाले सो शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको थियो उक्त शेयरमा उनीहरुबाट आवेदन नपरेपछि सर्वसर्वसाधारणका लागि बिक्री खुला गरेको हो। उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले संस्थाको केन्द्रिय कार्यालय अग्नीसाइर कृष्णासवरण ६, महुली सप्तरीमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई निवेदन दिन सकिनेछ।