काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शको पावर्ड वाईमा नबिल बैंक आबद्ध हुने भएको छ। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको आयोजनामा यही जेठ २७ गते हुनेछ। सुरुवाती चरणदेखि नै बैंकिङ्ग डिस्कोर्श सहभागी बन्दै आएको नबिल बैंक यस वर्षको डिस्कोर्शको पावर्ड वाइमा आबद्ध बनेको हो।
आधुनिक बैंकिङ्ग सेवा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलेको बैंक डिस्कोर्शको पावर्ड वाइमा आबद्ध बनेको हो। यस्तै, नबिलले विभिन्न विदेशी बैंकहरू र अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग सहकार्य गरेको छ। जसले सेवाग्राहीलाई दिने सेवा प्रभावकारी बनेको छ।
उक्त कार्यक्रममा नियामक निकाय नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय क्षेत्र, बैंकिङ्ग विज्ञ, बीमा कम्पनीहरू तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। डिस्कोर्शमा चार वटा सत्रगत विशेष छलफल हुनेछ।
डिस्कोर्शमा विशेष गरी, कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल, कृषिमा लगानी विस्तार: बैंक, सरकार र निजी क्षेत्रको भूमिका, बैंकिङ्गको भविष्य: एआई साइबर सुरक्षा अनि फिनटेक र विकास बैंकहरूको दिगोपन: योगदान, प्रतिस्पर्धा र नीतिका विषयमा सत्रगत छलफल हुनेछन्।






About Us
प्रतिक्रिया