काठमाडौं – सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक(फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।
यसका लागि एपीआई बैंकिङ्ग प्लेटफर्म र्यापिड र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडबीच सहकार्य भएको छ। सहकार्यसँगै सिटिजन्स बैंकको प्रणालीमा ‘र्यापिड’ एकीकृत गरिएको छ।
अब बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमार्फत एउटै प्लेटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ्ग सेवा सञ्चालन गर्न सक्नेछन्। प्रयोगकर्ताले ‘कनेक्ट वीथ एपीआई बैंकिङ्ग’ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्।
गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहका अनुसार यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनेछ। वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने उनको भनाइ छ। सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्र मोबाइल बैंकिङ्गजस्तै फाराम भर्नुपर्नेछ।
त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ। ‘र्यापिड’ले ग्राहकको अनुमति (कन्स्टेन्ट) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता ल्याउने विश्वास गरिएको छ।
सुरक्षाका दृष्टिले ‘र्यापिड’मा एण्ड–टुण्ûएण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसले सबै प्रकारका डिजिटल ट्रान्जेक्सनलाई सुरक्षित बनाउने दाबी गरिएको छ।
‘र्यापिड’ एक एपीआई आधारित बैंकिङ्ग प्लेटफर्म हो, जसले बैंकिङ्गएज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ। कम्पनीका अनुसार एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।






About Us
प्रतिक्रिया