नेरुडे मिर्मिरे लघुवित्तका शेयरधनीको हात खाली


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने र स्वीकृति पश्चात आगामी वार्षिक साधारणसभामा स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको छ।