काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको आन्तरिक तयारीमा जुटेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाहरूबाट राय तथा सुझाव माग गरेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम बैंकले आगामी आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढाएको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै सम्बन्धित सबै क्षेत्र, विज्ञ तथा सर्वसाधारणलाई आफ्नो सुझाव पठाउन अनुरोध गरेको छ।
सुझाव पठाउने अन्तिम मिति असार ५ गतेभित्र तोकिएको छ। बजेटले लिएका आर्थिक लक्ष्यहरूलाई सघाउने गरी राष्ट्र बैंकले हरेक वर्ष साउनको पहिलो वा दोस्रो हप्ताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने गर्दछ।
यस पटक पनि समयमै मौद्रिक नीति ल्याउने तयारी गर्दै राष्ट्र बैंकले जेठ महिनामै राय सुझाव संकलनको कामलाई तीव्रता दिएको हो।






About Us
प्रतिक्रिया