पुसभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्दै सरकार


काठमाडौं – सरकारले बैंकहरुको खराब कर्जा व्यवस्थापन गर्न राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

बैंक तथा वित्तीय संस्थाको बढ्दो खराब कर्जा र बढ्दो गैह्र-बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्न कम्पनी स्थापना गर्न लागेको हो। सरकारले पुसभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न लागेको हो।