लगानी फिर्तामा राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने


काठमाडौं – सरकारले विदेशी लगानीकर्ताले लगानी फिर्ता लैजान नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिन नपर्ने बनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

विदेशी लगानी तथा प्रविधि ऐनलाई संशोधन गर्ने भएको हाे। सरकारले यसका लागी राष्ट्र बैंकको जानकारी दिए पुग्ने व्यवस्था गर्ने भएको हो।