काठमाडौं – शेयर बजार अब एकैचोटि ४ दिनपछि खुल्ने भएको छ। यो साता लगातार चार दिन सार्वजनिक बिदा परेकाले शेयर बजार पनि बन्द हुने भएको हो।
सरकारले जेठ १४ गते अर्थात् आज बकर ईदका अवसरमा सार्वजनिक बिदा दिएको छ। त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको बिदा परेकाले बजार बन्द रहनेछ। साथै, जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले शेयर बजार बन्द रहने भएको हो।
यस साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९९ अंकले बढेर बजार २७ सय ८२ दशमलव १० को बिन्दुमा बन्द भएको थियो।






About Us
प्रतिक्रिया