मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीको म्याद थप


काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थापक शेयर खरिद गर्ने समयअवधि थपेको छ। बैंकले जेठ ७ गतेदेखि १४ गतेसम्मका लागि सर्वसाधारणमा बिक्री खुला गरेको संस्थापक शेयरको आवेदन दिने अवधि थपेको हो।

सरकार जेठ १४ गते सर्वजनिक बिदा दिएकाले अब सो शेयरमा जेठ १८ गतेसम्म आवेदन दिनेछ। बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ लाख ५६ हजार २८३ कित्ता शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरिदका लागि न्यूनतम २५ हजार कित्ता शेयर आवेदन दिन सकिनेछ भने बढी आवेदन दिन चाहनेहरूले १० अंकको गुणाङ्कनमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।