काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९९ अंकले बढेसँगै ५ कम्पनी लगानीकर्ता सर्वाधिक कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा कालिञ्चोक हाइड्रोपावर, भूगोल हाइड्रो, क्रेष्ट माइक्रो इन्स्योरेन्स, आँखुखोला जलविद्युत् र माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी रहेका छन्।
जसमा कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले १४.५८ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, भूगोल हाइड्रोले १३.३७ प्रतिशत, क्रेष्ट माइक्रो इन्स्योरेन्सले ८.५२ प्रतिशत, आँखुखोला जलविद्युत्ले ३.९३ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युतका लगानीकर्ताले ३.५१ प्रतिशतका दरले कमाएका छन्।
यससँगै, आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावरको ४३ करोड २७ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको ३२ करोड १५ लाख रुपैयाँ, अपि पावरको २० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।






About Us
प्रतिक्रिया