काठमाडौं – सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरुलाई आउँदो असार ३ गते आठौं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा दरबारमार्गस्थित बैंकको मुख्य कार्यालयमा बोलाएको हो। सो सभा बिहान ९ बजेदेखि सुरुहुनेछ।
सो सभाले विशेष प्रस्ताव अन्तर्गत १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार शेयर’’ जारी गर्नेबैंकको जारी पूँजी बृद्धि र संरचना संशोधन गर्ने, बैंकको चुक्ता पूँजी वृद्धि र संरचना संशोधन गर्ने, र बैंकको समूहगत शेयर स्वामित्वलाई थप स्पष्ट पार्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
साथै, बैंकले सो सभा प्रयोजनार्थ जेठ २६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसको अर्थ नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा जेठ २५ गतेसम्म कारोबार भई म्यादभित्र यस बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीवजार, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनीदर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन पाउने छन्।






About Us
प्रतिक्रिया