डीडीसीले गर्‍यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी


काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ। पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ भुक्तानी भएको डीडीसीले जनाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डीडीसी)को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक १ करोड रुपैयाँ भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ।

निजीक्षेत्रका डेरी उद्योगले किसानलाई ३ अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डीडीसी)ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ।