फिन्तारा सोलुसन्स र नेपाल मेडिसिटी व्योधाबीच सम्झौता: क्रेडिट कार्ड प्रयोगकर्तालाई बिना ब्याज किस्ता सुविधा


काठमाडौं – फिन्तारा सोलुसन्स प्राइभेट लिमिटेड नेपालको अग्रणी डिजिटल इएमआई एग्रिगेसन प्लेटफर्म वान बीएनपीएल सञ्चालन गर्ने कम्पनीले प्रतिष्ठित बहु-विशेषता स्वास्थ्य संस्था नेपाल मेडिसिटी व्योधा अस्पतालसँग एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ। यस रणनीतिक साझेदारीमार्फत वान बीएनपीएलका साझेदार बैंकहरूका क्रेडिट कार्ड वाहकहरूले आफ्नो अस्पताल भुक्तानी शून्य ब्याजदरमा मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्।

यस सम्झौता अन्तर्गत, नेपाल मेडिसिटी व्योधा अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले वान बीएनपीएल साझेदार बैंकहरूका क्रेडिट कार्डबाट ५ हजार वा सोभन्दा माथिको अस्पताल बिललाई ३ देखि १८ महिनासम्मको शून्य ब्याज किस्तामा सहज रूपान्तरण गर्न सक्नेछन्। सम्पूर्ण प्रक्रिया डिजिटल र कागजरहित छ। यो अनुभव कुनै पसलमा क्रेडिट कार्डबाट किनमेल गरेजस्तै सरल छ।

यो सहकार्यले नेपाली नागरिकहरूले सामना गर्ने एउटा प्रमुख समस्या गुणस्तरीय स्वास्थ्य सेवाको आर्थिक अवरोधलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। शून्य ब्याजमा किस्ता सुविधा प्रदान गरेर, फिन्तारा सोलुसन्स र नेपाल मेडिसिटी व्योधा अस्पताल संयुक्त रूपमा यो सुनिश्चित गर्न प्रयासरत छन् कि आर्थिक अवस्थाले समयमै उपचार लिनबाट कोही पनि वञ्चित नहोस्।

सम्झौताका मुख्य बुँदाहरूमा ५ हजारभन्दा माथिको बिलमा शून्य प्रतिशत ब्याजदरमा किस्ता, लचिलो किस्ता अवधि ३, ६,९, १२ र १८ महिना, वान बीएनपीएलका सबै ९ साझेदार बैंकका क्रेडिट कार्डवाहकहरूका लागि उपलब्ध, वान बीएनपीएलप्लेटफर्ममार्फत सहज डिजिटल अनुभव, नेपाल मेडिसिटी व्योधा सबै स्वास्थ्य सेवाहरूमा लागू हुने रहेका छन्।

वान बीएनपीएलनेपालको डिजिटल डिजिटल इएमआई एग्रिगेसन प्लेटफर्म हो। यसले क्रेडिट कार्डमार्फत विभिन्न प्रकारका खरिदमा डिजिटल इएमआई रूपान्तरण सम्भव बनाउँछ। हाल यसमा साझेदार बैंकहरू र १ सयभन्दा बढी साझेदार व्यापारी संस्था आबद्ध छन्, जसले उपभोक्ताहरूलाई दैनिक जीवनमा लचिलो, ब्याजमुक्त किस्ता सुविधा दिन्छन्।

वान बीएनपीएलका साझेदार बैंकहरूमा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, प्रभु बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंकमहालक्ष्मी विकास बैंक रहेका छन्।

वान बीएनपीएलप्लेटफर्मको नेटवर्कमा स्वास्थ्य सेवा, रिसोर्ट तथा आतिथ्य, खुद्रा पसल, मोबाइल ब्रान्ड, र टेक ग्याजेट जस्ता विभिन्न क्षेत्र समावेश छन्, जहाँ ३ देखि १८ महिनासम्मको किस्ता सुविधा उपलब्ध छ। नेपाल मेडिसिटी हस्पिटल यस नेटवर्कमा एक प्रमुख स्वास्थ्य सेवा साझेदारका रूपमा आबद्ध भएको छ।

सम्झौताका विषयमा बोल्दै फिन्तारा सोलुसन्का आशिष शर्माले भने,’नेपाल मेडिसिटी हस्पिटलसँगको यो  सम्झौता वान बीएनपीएल र हाम्रा साझेदार बैंकहरूका लागि एक महत्त्वपूर्ण उपलब्धि हो। स्वास्थ्य उपचारका खर्चहरू अक्सर अचानक र अत्यावश्यक हुन्छन्। उपचार स्थलमै तत्काल, शून्य-ब्याज किस्ता सुविधा सक्षम बनाएर हामी बिरामीलाई बिलको आर्थिक चिन्ताभन्दा स्वास्थ्य लाभमा ध्यान केन्द्रित गर्न सशक्त बनाउँदैछौँ। यो फिनटेकले एउटा वास्तविक मानवीय समस्या समाधान गरेको उदाहरण हो।’

यस्तै, नेपाल मेडिसिटी वयाेधा अस्पतालकाका प्रवन्धक निर्देशक विजय रिमालले भने,’हाम्रो मिसन सधैँ हाम्रो बिरामीलाई  गुणस्तरीय र सहज रूपमा सेवाहरू दिनु हो। वान वीपीएनलसँग यो साझेदारी मार्फत हाम्रा बिरामीलाई उनीहरूले पाउनुपर्ने सम्मान र सुविधा दिने दिशामा एक कदम हो।’