एनआईसी एशिया बैंकद्वारा वीरेन्द्रनगर सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण


काठमाडौं – एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ।

विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो।

१६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई मिति २०८३ ज्येष्ठ ८ गते एक कार्यक्रमकबीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरे।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १ का वडा अध्यक्ष श्री दिनेश खत्रीज्यू, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक तथा शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुनुको साथै विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य तथा शैक्षिक वातावरणमा अझ सहजता हुने बैंकले विश्वास लिएको छ।