पञ्चकन्या माई हाइड्रोपावरको प्लान्ट सञ्चालन


काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडबाट सञ्चालित अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट सञ्चालनमा आएको छ।

अप्पर माई आयोजनाको ९.९८ मेगावाटकाे अप्पर माई जलविद्युत आयोजनाको टनेल आउटलेटमा रहेको मेल होलमा गत वैशाख ७ गते दिउँसो ३ बजे आकस्मिक रूपमा फुट्दा भएको क्षतिको कारण सोही दिनदेखि उत्पादन बन्द भएको थियो।

कम्पनीको आयोजना मर्मत सम्भार पश्चात परीक्षण गरी जेठ ७ गते बिहान १० बजेबाट विद्युत उत्पादन पुनः सुचारु गरेको हो।