काठमाडौं – सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्। आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
केसी आज अर्थात् जेठ ११ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त भएका हुन् भने उनको कार्यकाल ४ वर्षको हुनेछ। केसी बैंक कै नायब सीईओको रुपमा कार्यरत रहेका थिए।





About Us
प्रतिक्रिया