जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, ७५ हजार बरामद 


काठमाडौं – कास्कीको पोखरा महानगरपालिका– १६ जैमुरे बस्ने ५१ वर्षीय बम बहादुर तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा बम बहादुर समेत ६ जनालाई शनिवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार १ सय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।