सामसङको ‘सेभिङ डे’ अफर सार्वजनिक, होम अप्लाएन्स खरिदमा २३ प्रतिशतसम्म छुट


काठमाडौं – सामसङ नेपालले सामसङ सेभिङ डे अफर घोषणा गरेको छ जसको अन्तर्गत वाशिंग मेशिनर रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ। यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको हो।

यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागु हुनेछ, जसले गर्दा गर्मी महिनामा सजिलै र सहज रूपमा घर अपग्रेड गर्न सकिनेछ। यो अफर अन्तर्गत ग्राहकहरूले छानिएका वाशिंग मेशिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७प्रतिशतसम्म छुट पाउन सक्छन्। साथै, २४ महिनासम्मको extended EMI सुविधा पनि उपलब्द छ, जहाँ वाशिंग मेशिनको किस्ता मासिक १,३७० रूपैयाँदेखि र रेफ्रिजरेटरको किस्ता मासिक १,४०८ रूपैयाँदेखि सुरु हुन्छ। यसले महिनाको किस्ता कम हुने भएकाले घरको बजेटमा सहजै मिल्ने बनाउदै चाहिने होम अप्लाएन्स अपग्रेड गर्न सजिलो बनाउँछ।

Washing Machine Offers available:

सेग्मेन्टक्षमताक्यासब्याक (सम्म)
AI EcobubbleTM Washer Dryer९–११ Kg२३%
AI EcobubbleTM Front Load९–१२Kg२२%
Fully Automatic Top Load८ Kg१२%
Semi Automatic Top Load७ Kg१२%

Refrigerator Offers available:

सेग्मेन्टक्षमताक्यासब्याक (सम्म)
SBS७००L११%
5 in 1३५०L – ४१९L१५%
Double Door२५३L – २७५L१७%
Single Door१९२L – २३०L१५%

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको इएमआई योजनामा उपकरणहरू खरिद गर्न सक्छन्, जसले फाइनान्स गर्न अझ सजिलो बनाउँछ। नयाँ साम्संग होम अप्लाएन्सहरु मा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।