नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन पुनः नियुक्त 


काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन पुनः नियुक्त भएका छन्। कम्पनीको जेठ ८ गते आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनलाई सीईओमा पुनः नियुक्त गरेको हो। 

महर्जनलाई यही जेठ १८ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ। महर्जनसँग बीमा क्षेत्रमा ३० वर्षको अनुभव छ। 

उनले व्यवसाय प्रशासनमा स्नातकोत्तर तथा कानुन विषयमा स्नातक उपाधि हासिल गर्नुका साथै, इन्स्योरेन्स इिन्सटच्यूट अपफ इन्डिया  मुम्बई, भारतबाट फेलोसिपमा डिग्री समेत गरेका छन्। यस कम्पनीको सीईओको रूपमा नियुक्त हुनुअघिनै उनले प्रुडेन्सियल इन्स्योरेन्समा १४ वर्षसम्म सीईओको रूपमा काम गरेका थिए।