काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे पुन: बैंक फर्किएका छन् । सीईओ पाण्डेलाई ऋणी स्मार्ट टेलिकमको कर्जा असुली प्रक्रियाअन्तर्गत धितो लिलामी कारबाही लगायतका कार्यमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रण लिएको थियो ।
उनले मंगलबारबाट बैंकको नियमित कार्य सूचारु गरेका हुन् । उनलाई सर्वोच्च अदालतले जेठ १ गते रिहा गर्न आदेश जारी गरेको थियो ।
बैंकले प्रचलित कानूनको शासन र न्यायपालिकाप्रति पूर्ण प्रतिबद्ध रही नियमनकारी निकायको निर्देशन पूर्ण पालना गर्दै अनुसन्धान निकायलाई पूर्ण रुपमा सहयोग गर्दै आएको तथा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्यमान प्रचलित कानूनको अधीनमा रही गरिएका बैंकका सम्पूर्ण कामकारबाही निक्षेपकर्ता, लगानीकर्ता, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको हितलाई केन्द्रमा राखेर सम्पन्न गरिएको र हाल आएको आदेशले बैंकलाई अझ दृढताका साथ सम्पूर्ण सरोकारवालाको हितमा काम गर्न थप ऊर्जा, आत्मविश्वास र हौसला प्रदान गरेको बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया