‘सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोत के हो ?’


काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारले सहकारी पीडितलाई फिर्ता गर्न खोजेको पैसाको स्रोत खोजेका छन्।

आजको प्रतिनिधिसभाको बैठकमा सरकारले अपारदर्शी ढंगले सहकारी पीडितको पैसा फिर्ता गर्न खोजेको भन्दै साम्पाङले बिरोध गरेका हुन्।

‘सरकारले सहकारी पीडितलाई फिर्ता गर्न चाहेको पैसाको स्रोत के हाे ? सुकुम्बासी समस्याको व्यवस्थापना कसरी गर्न चाहेको हो,’ उनले प्रश्न गरे।’