काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारण गरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको २४ हजार ६२९ कित्ता शेयर बिक्रीमा राखेको हो।
कम्पनीले यस अघि सो शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेकोमा उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
सो शेयर खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया