काठमाडौं – प्रत्येक २० पाइलामा बैंकको एउटा ब्रान्च हुन्छ। व्यवस्थापनलाई नतिजा देखाउनुपर्ने हुन्छ। कर्जा लगानी गर्नुपर्नेछ र कमसल धितोमा कर्जा लगानी गर्छ। यो अस्वस्थ प्रतिस्पर्धा हो। हामी बैंकहरु पनि अस्वस्थ प्रतिस्पर्धाकाे लागि हामी पनि जिम्मेवार लिन्छौँ। अहिले हामी ब्रान्चहरू बन्द गर्न खोजिरहेका छौँ। अहिले आवश्यकता भन्दा बढी शाखाहरू सञ्चालनमा रहेका छन्। त्यसैले, हामी सिक्दछौ। सिक्दै जाँदा भएका विभिन्न गल्तीहरूलाई हामीले स्विकार्नुपर्छ। सुशासनका कुरामा म सबै बैंकको त भन्न सक्दिन। तर, बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) सुशासनमा प्रस्ट छ। मलाई लाग्छ धेरैजसो बैंकहरुमा सुशासन कायम हुँदै गइरहेको छ । केही केशहरूमा भन्न सकिँदैन। कहिले काहीँ केही केशहरू आइरहेको हुन्छन् नै। तर, केही केशहरू आयो भने तपाईँहरूले हामीबाट प्रमाणित गर्न सक्नुहुनेछ। हामी तपाईँहरूलाई सूचना तथा डेटाहरू दिन तयार छौँ । हामी सबै एउटै ठाउँमा छौँ।
तपाईँलाई पनि देशको विकास चाहिन्छ। हामी पनि देशको विकास लाई टेवा दिने बैंक हौँ। जसकारण हामी सँगै हिँड्नुपर्दछ। तपाईँहरूमा केही भ्रम छ भने हामीसँग बुझ्न सक्नुहुनेछ। अहिले बजारमा भएको घटनाप्रति सिबिफिन डरायो भन्ने कुरा छ। सिबिफिन परिपक्व संस्था हो। पहिला हामी सत्य तथ्य बुझेर मात्रै विज्ञप्ति सूचनाहरू निकाल्छौँ। तर, यस्तो समयमा त्रास कसलाई छैन। अहिले को पक्राउ परे भन्ने तर्फ सबैको चासो छ। सिबिफिनको धारणा एउटा संस्थामा जानीजानी बिगार्ने ध्वस्त बनाउने नेतृत्व देखेको छैन। सबै कर्जा सफल हुन्छ भन्ने हुँदैन। कर्जा भनेको जोखिममा आधारित बिजनेस हो। जोखिम लिनै चाहेनौ भने त कसरी कर्जा लगानी गर्न सकिन्छ ? कसरी विकास गर्न सक्छौँ ? अहिले धितोमा कर्जा लगानी गर्ने भएर नै यस्तो भएको हो। अहिले हामी युवा उद्यमीहरूलाई किन कर्जा दिन सक्दैनौ भन्दा हामी धितो बेसमा लगानी गर्छौ।
(सिविफिनका अध्यक्ष प्रचन्ड बहादुर श्रेष्ठले पत्रकार भेटघाटमा राखेको मन्तव्यमा आधारित)






About Us
प्रतिक्रिया