काठमाडौं – महालेखा परीक्षक कार्यालयले आर्थिक वृद्धिका लागि बैंक तथा वित्तीय संस्थामार्फत कर्जा प्रवाह विस्तार गर्नुपर्ने उल्लेख गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने बताएको हो ।
यस्तै, कार्यालयले उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जालाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थामार्फत उक्त क्षेत्रमा प्रवाह हुने कर्जा र उपभोगका लागि प्रवाह हुने कर्जाको ब्याज दर निर्धारणको स्पष्ट आधारसहितको नीतिगत व्यवस्था गर्नुपर्ने औल्याएको हो । निजी तथा वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थिरता, पूर्वानुमानयोग्य तथा लगानीमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
पुँजी निर्माणलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी उपभोग र बचतबिच सन्तुलन हुने गरी नीतिगत व्यवस्था गर्नुपर्ने जनाएको छ ।






About Us
प्रतिक्रिया