६ उपसूचक राताम्य

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ९ करोड माथि


काठमाडौं – आज शेयर बजार सामान्य बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ। आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। अपी पावरको ११ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। रिलायन्स स्पीनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन्। आज यसका इकाईधनीले ७ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन्। मोदी इनर्जीका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन्। राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले १४ दशमलव ७९ प्रतिशतका दरले गुमाएका हुन्। आज ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको छ।