पुजा मनी चेञ्जरको लाइसेन्स खारेज


काठमाडौं – नेपाल राष्ट्र बैंकले एक मनी चेञ्जरको इजाजतपत्र रद्द गरेको छ । केन्द्रीय बैंकले पुजा मनी चेञ्जरको इजाजतपत्र रद्द गरेको हो ।

राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेको पुजा मनि चेञ्जर प्रा.लि.ले नेपाल राष्ट्र बैंक, मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगराएकोले भारतीय रुपैयाँ कारोबार गर्ने इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।