एनआईएमबी बैंकको कामु सीईओमा महेश शर्मा ढकाल


काठमाडाैं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन्। वैशाख ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरेको हो।

हाल उनी बैंकमा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन्। बैंकका सीईओ ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकमसम्बन्धी मुद्दामा पक्राउ परेसँगै बैंकले कामु सीईओकाे जिम्मेवारी ढकाललाई दिएको हो।