काठमाडौं – नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । श्रीलंकाको लंका पे र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सुरु भएको हो । अन्तर देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सूरु भएको हो ।
अब श्रीलंका घुम्न जानेहरुले ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टहरुमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् । यस सुरुवातलाई दक्षिण एसियाली देशहरूबीचको डिजिटल भुक्तानीको क्षेत्रीय अन्तरआबद्धताको लागि एक महत्त्वपूर्ण कोसेढुंगाको रूपमा लिइएको छ ।





About Us
प्रतिक्रिया