काठमाडौं – पोखरा र समृद्धि फाइनान्सले मर्जरमा जान अन्तिम स्वीकृति पाएका छन्। नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो।
दुवै संस्थाबीच भएको मर्जर सम्झौता तथा प्रक्रिया पूरा भएपछि केन्द्रीय बैंकले वैशाख २९ गते अन्तिम अनुमति दिएको हो। मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछन्। मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय पुतलीसडकमा रहनेछ भने रजिष्टर्ड कार्यालय गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा रहनेछ।
मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुवै कम्पनीले गरेका छन्। दुवै कम्पनीबीच मर्जरका लागि प्रारम्भिक समझदारी तथा कानुनी आधार तय गर्ने, संयुक्त मर्जर समिति गठन गर्ने, शेयर स्वाप अनुपात कायम गर्ने, मर्जरपछि सञ्चालक समिति गठन गर्ने, कर्मचारीको व्यवस्थापन गर्ने, सम्पत्ति दायित्व मूल्यांकन गर्नेलगायतको समझदारी भएको छ।






About Us
प्रतिक्रिया