४ अंकले घट्यो नेप्से, खुम्चियो कारोबार रकम


काठमाडौं – आज शेयर बजारमा सामान्य गिरावट आएको छ। आज शेयर मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव १५ अंकले घटेर २,७४० को विन्दुमा कायम भएको छ। आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ।

आज ३३९ कम्पनीको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८० करोड बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै एसवाई प्यानलको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ । यस्तै, रिडी पावरको ९ करोड ८५ लाख र शाहस उर्जाको ९ करोड ५८ लाख शेयर कारोबार भएको छ ।