काठमाडौं – गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा बैशाख २५ गते काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को दशौँ संस्करणमा उक्त विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ उपाधि प्रदान गरिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा आयोजकले बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरेको थियो। बैंकका अनुसार यस सम्मानले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप ऊर्जा र हौसला मिलेको छ। साथै बैंकले आफ्ना ग्राहक, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।
गरिमा विकास बैंक यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ। भारतीय चेम्बर अफ कमर्शद्वारा अगस्ट २९, २०२५ मा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड’ मा विभिन्न विधामा उत्कृष्ट तथा रनरअप उपाधि हासिल गरेको थियो। त्यस्तै, कर्पोरेट क्लब नेपालद्वारा फेब्रुअरी २५, २०२५ मा आयोजित समारोहमा ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट समेत सम्मानित भएको थियो।
हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ्ग सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।






About Us
प्रतिक्रिया