काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य ४ हजार ४ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख दुई हजार ९ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा ५ हजार ६ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय ५५ रूपैयाँ बढेको हो।





About Us
प्रतिक्रिया