९ महिनामा भित्रियो साढे १६ खर्ब रेमिट्यान्स, चैतमा मात्रै २ खर्बभन्दा बढी


काठमाडौं – चालू वर्षको ९ महिनाको अवधिमा विदेशबाट १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। चालू वर्षको चैत मसान्तसम्मको अवधिमा विदेशबाट भित्रिने रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको हो।

गत वर्षको ९ महिनाको अवधिमा रेमिट्यान्स १० प्रतिशतले बढेको थियो। २०८२ को चैत महिनासम्म मात्रै विदेशबाट २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले चालू वर्षको ९ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांक सार्वजनिक गर्दै उल्लेख्यरुपमा रेमिट्यान्स आप्रवाह बढेको जनाएको हो।