काठमाडौं – सरकारले सहकारीको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
सरकारले अध्यादेश मार्फत समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने व्यवस्था गरेको छ । अब एकीकृत कोष बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।





About Us
प्रतिक्रिया