काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले लघुवित्तलाई बैंक सरह नियमन र सुपरिवेक्षण गर्न नहुने बताए। लघुवित्त बैंकर्स संघको १९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लघुवित्त वित्तीय संस्था नियमनका लागू छुट्टै विभाग नै बनाएर सुपरिवेक्षण हुँदै आएको बताउँदै बैंक सरह नियमन गर्न नहुने बताएका हुन्।
उनले राष्ट्र बैंकले पनि लघुवित्त संस्थाको सुपरिवेक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्। कर्जाको सीमा बढाएको बताए। ७ लाखबाट १५ लाखको सीमा पुर्याइएको उनको भनाइ छ।
उनले कर्जाको पुनःतालिकोकरण र पुनः संरचना को व्यवस्था गरिएको बताए। उनले लघुवित्तलाई बैंक बनाउन आफ्नो जोड दिने बताए। उनले राष्ट्र बैंकलाई घचघच्याउनुपर्ने अवस्था आएको बताए।
नियमनमा भन्दा सुपरिवेक्षणमा बढी जोड दिनुपर्ने उनको भनाइ छ। बैंकहरुले ब्रान्च बन्द गर्ने अवस्थामा लघुवित्त संस्थाहरूले भने शाखा विस्तारमा जोड दिएको उनले दाबी गरे।






About Us
प्रतिक्रिया