वाणिज्य बैंक र लघुवित्तलाई दाँज्न मिल्दैन: अध्यक्ष यादव 


काठमाडौं – नेपाल लघुवित्त बैंकर्स  संघका अध्यक्ष राम बहादुर यादवले वाणिज्य बैंक र लघुवित्तलाई दाँज्न नमिल्ने बताए। लघुवित्त बैंकर्स  संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले  वाणिज्य बैंक र लघुवित्तको काम गर्ने शैलीदेखि धेरै कुराहरू फरक रहेको बताएका हुन्। 

उनले वाणिज्य बैंकको ब्याजदर भन्दा लघुवित्तको ब्याजदर बढी भएको भन्ने गुनासोहरू आइरहेको बताउँदै वाणिज्य बैंक र लघुवित्तबिच तुलना गर्न नमिल्ने बताएका हुन्। नेपालका लघुवित्तको व्याजदर अन्य मुलुकको तुलनामा कम भएको बताए। उनले वाणिज्य बैंकले लक्षित वर्गमा नभई सबैतिर काम गर्ने तर लघुवित्तले भने लक्षित वर्गमा कान गर्दै आएको बताए।

लघुवित्त क्षेत्रले वित्तीय पहुँचमा वित्तीय पहुँच र रोजगारी सिर्जना गर्दै आएको बताए। विशेषगरी ग्रामीण भेगका महिलालाई सक्षम बनाउने काम गर्दै आएको बताउँदै उनीहरूको आर्थिक स्थिति सुधारमा पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए। 

उनले २७ लाख मानिसहरू लघुवित्तको प्रत्यक्ष सरोकार राख्दै आएको बताए। उनले लघुवित्तको सोसियल भ्यालु हेर्नुपर्छ सोशियल भ्यालु पैसासङ दाँज्न नमिल्ने बताए। उनले लघुवित्तले सरकाको नीति तथा कार्यक्रममा पनि सहयोग गर्न सक्ने बताए । उनले सरकार उद्यमशीलता, डिजिटल नेपाल जस्ता विषयमा जोड दिइरहेको समयमा लघुवित्तलाई जोड्न सके उपलब्धि हासिल गर्न सक्ने बताए। 

नेपालको अर्थतन्त्रमा नै लघुवित्तको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले स्थानीय, प्रदेश र संघीय सरकारले पनि वित्तीय साक्षरतालाई ध्यान दिइरहेको समयमा लघुवित्तसँग जोड्नुपर्ने बताए। कृषिलाई व्यवसायीक गराउने सन्दर्भमा लघुवित्तलाई जोड्नुपर्ने बताए।  सबैभन्दा जोखिम कृषि क्षेत्रमा गएको कर्जामा रहेको भन्दै उनले यसमा चासाे राख्नुपर्ने बताए। हाल लघुवित्त वित्तीय संस्थाहरूले जम्मा कर्जाको ६० प्रतिशत कर्जा कृषिमा गरेका छन्। 

उनले लघुवित्तलाई लघुवित्त बैंक बनाइदिनुपर्ने माग राखेको समेत उल्लेख गरे। रावलले लघुवित्तलाई बैंक नबनाउँदा लघुवित्त र सहकारी एउटै डालोमा राखेर हेर्न नमिल्ने बताए। उनले लघुवित्तको काम लघुवित्तले मात्रै गर्नुपर्ने बताए। उनले सहकारी तथा समूहले गर्ने कर्जालाई पनि कर्जा सूचनामा समावेश गराउनुपर्ने बताए।