ओरिएन्टल इन्स्योरेन्सको नाफा बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचक ?


काठमाडौं – ओरिएन्टल इन्स्योरेन्स कम्पनीको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैतसम्ममा कम्पनीको नाफामा सुधार आएको देखिएको हो ।

कम्पनीले चैतसम्ममा ३० करोड ६६ लाख नाफा आर्जन गरेको छ। जबकी गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले १३ करोड ८३ लाख घाटा व्यहोरेको थियो । गत वर्षको वर्षको तुलनामा चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन बढेको छ । गत वर्षको चैतसम्ममा १ अर्ब ६२ करोड ८३ लाख कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु वर्षको सोही अवधिमा १ अर्ब ८० करोड ७९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।

साथै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले चालु वर्षको चैतसम्म कम्पनीले १ अर्ब ६ करोड ५९ लाख खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्म कम्पनीले ८३ करोड १९ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो। कम्पनीको बीमा कोषमा पनि अत्यधिक वृदि देखिएको छ । वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ८० करोड १९ लाख रहेको कम्पनीको बीमाकोष बढेर ८ अर्ब ८२ करोड २० लाख कायम भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ७९ करोड ४९ लाख, महाविपत्ति कोषमा ७ करोड ६७ लाख, रिटेन्ड अर्निङ १२ लाख १५ हजार र अन्य इक्विटीमा ८७ करोड ४९ लाख रहेको छ ।