सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा प्रभावित


काठमाडौं – सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत महिनासम्ममा ४ करोड १ लाख नाफा आर्जन गरेको हो । जुन गत वर्षको तुलनामा कम हो । गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले ४५ करोड ३६ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीको गत वर्षको तुलनामा कुल बीमा शुल्क आर्जन पनि सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको चैतसम्ममा चैतसम्म कम्पनीले २ अर्ब ६७ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो भने चालु वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६९ करोड ९८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

यता, कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । कम्पनीले चैतसम्म १ अर्ब ३० करोड ६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले १ अर्ब ३७ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । चैतसम्म कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड, महाविपत्ति कोषमा २३ करोड १८ लाख, रिटेन्ड अर्निङमा ३३ करोड २७ लाख र अन्य इक्विटीमा १ अर्ब १४ करोड ६२ लाख रहेको छ। चैतसम्म कम्पनीको बीमा कोषमा ११ अर्ब १५ करोड ९९ लाख रुपैयाँ रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख रहेको छ । कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १.९१ रुपैयाँ कायम भएको छ।