काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा उल्लेख्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास चैतसम्मकाे वित्तीय विवरणअनुसार ४ लाख मात्रै नाफा आर्जन गरेको हो । जबकी कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म कम्पनीले २६ करोड ५१ लाख नाफा कमाएको थियो।
गत वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बढेको छ । वर्षको चैतसम्म कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख कुल बीमाशुल्क संकलन गरेको कम्पनीले चैतसम्म २ अर्ब ६५ करोड ३२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। साथै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । गत वर्षको चैतसम्म ९२ करोड ९१ लाख खुद बीमा शुल्क संकलन गरेको कम्पनीले यस वर्षको चैतसम्म १ अर्ब ४ करोड १९ लाख खुद बीमा शुल्क संकलन गरेको छ।
कम्पनीको बीमा कोषमा ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख, रिटेन्ड अर्निङमा ५९ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड १७ लाख रुपैयाँ रहेको छ। चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ० .०२ रुपैयाँ कायम छ।



About Us
प्रतिक्रिया