३ दिनमा ८ हजार ९ सय रूपैयाँले बढ्यो सुन, तोलाको कति ?

सुन तोलामा १३ सय र चाँदी १२० रूपैयाँ बढ्याे


काठमाडौं – बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार ३०० रुपैयाँ र चाँदी १२० रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार ९०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २७५ रूपैयाँ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ६०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार १५५ मा कारोबार भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ५० रूपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।