क्रिकेटर आरीफ शेख सहायक हवल्दार पदमा बढुवा 


काठमाडौं – क्रिकेटर आरीफ शेख  प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान  गरेका हुन्। 

उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३९ बमोजिम  विशेष बढुवा प्रदान गरिएको हो। माया ग्रुप यु.के.र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालयबीच २०२६ देखि २०२७ सम्म नेपाल पुलिस क्रिकेट टिमका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता भएको छ।

जसअनुसार खेल सामग्रीहरू नेपाल पुलिस क्लब क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरुलाई प्रदान गरिएको छ।