काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औँ गरिमामय वार्षिकोत्सवको अवसर पारेर नि:शुल्क स्वास्थ्य शिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
यही मिति २०८३ वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा RB Diagnostic मार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलस्ट्रोल, यूरिक एसिड लगायतका नि:शुल्क चेकजाँच तथा विज्ञ डाक्टरहरूबाट नि:शुक्ल परामर्श सुविधा प्रदान गरिएको थियो। २ दिने यस शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
यससँगै कम्पनीले देशभरका ७ वटै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममार्फत कोसी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगन्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौँडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ।
किनकि, जीवन अमूल्य छ! को नारालाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली भविष्य सुरक्षित, सुनिश्चित र सुनौलो बनाउने अभिभारा बहन गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशकै अग्रणी जीवन बीमा कम्पनी हो, जसले करिब ३०% सम्मको बजार हिस्सा ओगट्दै आएको छ विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९,००० भन्दा बढी अभिकर्ताहरूको सशक्त सञ्जाल मार्फत सेवा प्रदान गर्दै आएको छ। सेवाप्रति उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको निरन्तर उदाहरण प्रस्तुत गर्दै आएको छ।
वार्षिकोत्सवको यस विशेष अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनी , सम्पूर्ण ग्राहक , कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरू, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरू, नियामक निकायहरूका साथसाथै सबै सरोकारवालाहरूमा धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्। साथै, आगामी दिनमा पनि कम्पनीले यसरी नै सबैको माया, विश्वास र सहकार्य पाउने अपेक्षा रहेको बताएका छन्।



About Us
प्रतिक्रिया