एफएनसीसीआई एसोसिएट सदस्यमा उज्जवल श्रेष्ठ


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा उज्जवल कुमार श्रेष्ठ निर्वाचित भएका छन्। पञ्चकन्य समूहका निर्देशक समेत रहेका श्रेष्ठ महासंघको एसोसिएट सदस्यमा निर्वाचित बनेका हुन्।

पञ्चकन्या समूहका श्रेष्ठले यसक्रममा ११ सय ५६ मत ल्याए। उनी पञ्चकन्या समूहका तेस्रो पुस्ताका उद्यमी हुन्।