काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ३६ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले चैतसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ३६ करोड ७९ लाख नाफा आर्जन गरेको उल्लेख गरेको हो ।
गत वर्षको तुलनामा कम्पनीको नाफामा सामान्य वृद्धि देखिएको हो । गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कम्पनीले ३६ करोड ६३ लाख नाफा आर्जन गरेको थियो । कम्पनीको बीमा शुल्न आर्जन बढ्ना नाफा बढेको हो । गत वर्ष ३ अर्ब ६० करोड ३५ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५ अर्ब १ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको आम्दानी र खर्च दुवै बढेको छ । कम्पनीको आम्दानी ४ अर्ब ८२ करोड ९४ लाखबाट बढेर ६ अर्ब १७ करोड ८५ लाख पुगेकाो छ भने कुल खर्च ४ अर्ब ४६ करोड ३१ लाखबाट बढेर ५ अर्ब ८१ करोड ६ लाख पुगेको छ। चैतसम्ममा कम्पनीको शेयर प्रिमियममा ५२ करोड ३८ लाख र महाविपत्ति कोषमा २९ करोड ९५ लाख रहेको छ । रिटेन्ड अर्निङमा ५२ करोड ८ लाख रहेको कम्पनीको अन्य इक्विटीमा २३ करोड २ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ५ अर्ब १६ करोड १७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ९.८१ रुपैयाँ कायम भएको छ।



About Us
प्रतिक्रिया