काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई आगामी जेठ १७ गते ४२ औँ वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा द नारायणी रिसोर्ट नवलपरासीमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी प्रस्ताव पारित गर्नेछ। त्यस्तै, चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था मर्जर/प्राप्ति गर्ने प्रयोजनार्थ उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर/प्राप्ति सम्बन्धी सम्झौता पत्र तर्जुमा गर्ने, डीडीए गर्ने र मर्जर/प्राप्ति सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया सुरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव माथि छलफल तथा पारित गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, विशेष प्रस्तावहरूमा नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवम् परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवम् परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न र गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।
संस्थाले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गते वित्तीय संस्थाको शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने जनाएको छ। जसअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा जेठ ५ गतेभन्दा अघिल्लो दिनसम्म कारोवार भई प्रचलित कानून बमोजिम यस वित्तीय संस्थाको शेयर रजिस्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लजिम्पाट, काठमाडाैंमा प्राप्त विवरणको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरु मात्र यस सभामा भाग लिन योग्य रहने संस्थाले जनाएको छ।



About Us
प्रतिक्रिया