एनआईसी एशिया बैंकको कम्पनी सचिवमा भारी नियुक्त


काठमाडौं – एनआईसी एशिया बैंकको कम्पनी सचिवमा दिनेश भारी नियुक्त भएका छन्। बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा प्रमुख कानुन अधिकृत भारीलाई नियुक्त गरेको हो। 

बैंकले भारीलाई वैशाख १७ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त गरेको हो।