२५ औं वार्षिकोत्सवको अवसरमा दुई दिन निशुल्क स्वास्थ शिविर सञ्चालन गर्दै नेपाल लाइफ


काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५ औं वार्षिकोत्सवको अवसरमा दुई दिन निशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने भएको छ । कम्पनीले केन्द्रीय कार्यलयमा बैशाख २१ र २२ गते निशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने भएको हो ।

स्वास्थ शिविरमा सर्वसाधरण जो कोहीले पनि स्वास्थ परिक्षण गराउन पाउनेछन् । कम्पनीले २१ गते हेरिटेज प्लाजा कमलादीमा रक्तदान गर्ने भएको हो । यस्तै, कम्पनीले देशभरका ७ वटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कम्पनीले आफ्नो उपस्थिति जनाउँदै सामाजिक सेवामा साथ दिन आह्वान गरेको छ ।