सूर्यज्योति लाइफको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ३३ करोड बढी नाफा आर्जन गरेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै चैतसम्ममा ३३ करोड ३ लाख नाफा आर्जन गरेको उल्लेख गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चैतसम्ममा कम्पनीले २९ करोड ५७ लाख नाफा आर्जन गरेको थियो। कम्पनीको बीमा शुल्क पनि बढेको छ । गत आर्थिक वर्षको चैतसम्म ७ अर्ब ६३ करोड ७१ लाख बीमा शुल्क आर्जन गरेको कम्पनीले चैतसम्ममा ८ अर्ब ७४ करोड ३४ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले चालु वर्षको चैतसम्ममा ८ अर्ब ६१ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

चैतसम्म कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ३० लाख, रिटेन्ड अर्निङमा ५३ करोड ४० लाख र अन्य इक्विटीमा २९ करोड २ लाख रहेको छ। कम्पनीको जीवन बीमा कोषमा ४८ अर्ब ४३ करोड ६० लाख रुपैयाँ रहेको छ।

हाल कम्पनीको शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रहेको छ । हाल कम्पनीको प्रतिशेयर आम्दानी ८.७९ रुपैयाँ कायम भएको छ ।